प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुवेत पुर्‍याई मानव बेचविखन गरेको अभियोमा दुई जना पक्राउ

२०८१-०८-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका-३ बाट बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका-१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको हो । 

उनीहरूले पीडितलाई फ्रि भिषा फ्रि टिकटमा कुवेतमा मासिक १ सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याई, दुबईबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याई कुवेती घर मालिकलाई ९ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-०९-२३

मोरङ, मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-११ रोडसेशस्थित भिन्तुना गीतगजलका संचालक सोही महानगरपलिका-१२ घर भएका ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने सोही महानगरपालिका-८ घर भएका २६ वर्षीय मनिष ठाकुर रहेका छन् । उनीहरूले सोही गजलमा काम गर्ने १६ वर्षीया बालिकालाई भारतीय नागरिहरूसँग यौन क्रियाकलाप गर्न लगाई शारीरिक यातना समेत दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले बालिककाको उद्दार समेत गरेको छ । उनीहरूलाई मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने पाँच जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका-१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका-६ घर भएका ४९ वर्षीय भिम बहादुर साउद रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लव, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना नाबालिकाहरूलाई उद्धार गरेको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, संगठित रूपमा कानून विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक  पाँचखाल नगरपालिका-१० घर भएका ३५ वर्षीय कुमार भन्ने राज कुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएका २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका-४ घर भएका ४७ वर्षीय राकेश नेपाली रहेका छन् । मानव बेचभिखन ब्यूरोबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगर नयाँबसपार्कबाट र राकेशलाई टोखा नगरपालिका-३ बानियाँटारबाट बुधबार तथा राज कुमारलाई काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बाट बिहीबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रमममा उनीहरूले पीडितलाई विभिन्न प्रलोभन देखाई २०८२ जेठ महिनामा भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्‍याएको, मृगौला निकाले बापत ६ लाख रूपैयाँ रकम आउने, नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा पीडितले ईन्कार गर्दा डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा २०८२ साउन ९ गते वाँया मृगौला झिकेको खुल्न आएको छ । साथै उनीहरूले पीडतबाट झिकिएको मृगौला चर्को मुल्यमा बिक्रि गरी मानव अंगको गैरकानूनी व्यापार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०४-०७

काठमाडौं, भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं बल्खुबाट र रेशम बहादुरलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा पीडितलाई भारतमा चालकको काममा लगाई दिन्छुभनि प्रलोभन देखाई २०८२ वैशाख १९ गते बिहान काठमाडौं बल्खुबाट पर्सा वीरगंज पुर्‍याई वीरगंजमा रेशम बहादुरले रिसिभ गरी थप प्रलोभनमा पारी भारतको रक्सौल हुँदै पटना पुर्‍याएको खुल्न आएको छ । साथै पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाईनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार भारतीय रूपैयाँ तिर्न लगाई तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको, फेसबुक मेसेन्जरमा अन्य मानिसहरूसँग समेत नयाँ आईडि बनाई कुरा गर्न लगाई विभिन्न प्रलोभनमा पारी भारत बोलाई अनलाईन स्क्यामिङको काम गर्न बाध्य बनाएर २ लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागज समेत गरी करिब २ महिना सम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-०६

पर्सा, मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका-२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१३

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।