अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ
२०७८-०९-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६६ एम्पुल डाईजेपाम, ६४ एम्पुल नुफिन र ५८ एम्पुल फेनारगन सहित पर्सा पोखरिया नगरपालिका-९ बस्ने १९ वर्षीय जय नुधिन आलमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३९६२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार नुधिनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-३ स्थित सडकबाट १२ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मेचिनगर नगरपालिका-७ बस्ने ३८ वर्षीय अनिल यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त सडकस्थित ट्राफिक चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले डब्लु बि ७४ यू ८६०९ भारतीय नम्बरको मोटरसाइकलमा सवार अनिललाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।