प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८१-०९-०८

  • A
  • A-
  • A+
Share

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट ३ नाल भरूवा बन्दुक सहित २ जनालाई  गए राति प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मन बहादुर राई र ४२ वर्षीय राजेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीय सुमन राईको भान्सा घरबाट उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले हाल फरार सुमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार