प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०९-१०

  • A
  • A-
  • A+
Share

मोरङ, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-२ बस्ने १९ वर्षीय मो.रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो.गुल्जार रहेका छन् । कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई वेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको थियो । साथै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान एवम् सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा लगेर ३ जना मध्ये रमजानले जबरजस्ती करणी गरेको तथा अन्य २ जनाले पीडितलाई समाउने कार्यमा सघाएको भन्ने खुल्न आएपश्चात तीनै जनालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । 

प्युठान, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-१ खारखोला बस्ने २५ वर्षीय ज्ञानेन्द्र राना मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई पुस १ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-२२

अछाम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बझाङ, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-१८

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।