प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७८-०९-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, महानगरपालिका-२२ न्यूरोड पाको डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-५ घर भएका ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा झलक बहादुर लगायत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त कोठामा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त जनसेवाबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरुलाई १ बुक तास र नगद २ लाख १ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार