प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-०९-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर बाग्मती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ पानीपोखरी बस्ने २८ वर्षीया सन्ध्या गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको गत वैशाख १७ गतेको फैसलाले उक्त मुद्दामा १ दिन कैद, बिगो बमोजिमको जरिवाना २ लाख ८१ हजार रूपैयाँ र क्षतिपूर्ति ११ हजार २ सय ४० रूपैयाँ तथा जिल्ला अदालत भक्तपुरको गत जेठ ८ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद, बिगो बमोजिमको जरिवाना १ लाख रूपैयाँ र क्षतिपूर्ति ४ हजार रूपैयाँ ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पाटन ललितपुर पठाइएको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।