प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पाँच जना पक्राउ

२०८१-०९-२८

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान,  बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।