प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न चार जना पक्राउ

२०८१-१०-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद  चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापा मगर, दोरम्बा गाउँपालिका-४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका-२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन् । 

पदमा कुमारीको कोठाबाट गत पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रूपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।