प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८१-१०-२३

  • A
  • A-
  • A+
Share

झापा, कनकाई नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर ३० ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार डिगल बैंक थाना-५ घर भएका २८ वर्षीय अन्जार आलम र उनकै भाई १९ वर्षीय युसुब आलम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले कुमरखोदबाट सुरूङगातर्फ आउँदै गरेको बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अन्जार घाइते भएका छन् । घाइते भएका अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ  । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ पिस सहित कैलाली लम्कीचुहा नगरपालिका-६ बस्ने २३ वर्षीय रोसन रावललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सप्तरी, सप्तकोशी नगरपालिका-७ बतिगामाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित महादेवा गाउँपालिका-१ बस्ने २२ वर्षीय निराजन यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले बतिगामाबाट कञ्चनपुरतर्फ जाँदै गरेको म.प्र.०१-००४ प ३७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न शंकास्पद १ जनालाई नियन्त्रणमा लिएको छ । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ फुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्राम र मोबाइल १ थान सहित उदयपुर रौतामाई गाउँपालिका-७ मुर्कुची बस्ने २८ वर्षीय पदम बहादुर मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम र मोबाइल १ थान सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१० बस्ने २४ वर्षीय रोहित कुमार मण्डललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिजयनगर गाउँपालिका-४ बरगदा बस्ने २८ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका-३ कडियार बस्ने २५ वर्षीय मैराज अहमद रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६१ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-१ खडक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही नगरपालिका-१ ब्लक नम्बर १३ बस्ने २२ वर्षीय अंकित चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१५ भिमसेन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रोल्पा, रोल्पा नगरपालिका-३ घर भएका टेकराज गुरूङ र २५ वर्षीय तनुज श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०९-०२

  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ७७ एम्पुल सहित सोही नगरपालिका-२ कालिकाटोल बस्ने ३५ वर्षीय सलिम मिया कुरेसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५४ प ८२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-७ बस्ने ६८ वर्षीय खडक बहादुर गुरूङलाई अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२६ बिशाल चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुबास विकलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६३ एम्पुल, डाईजेपाम ६३ एम्पुल र फेनारगन ६३ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पाण्डुबजार बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका २८ वर्षीय सन्दीप बुढाथोकी, काठमाडौं जडीबुटी बस्ने सिराहा नगरपालिका-२० घर भएका २३ वर्षीय पंकज कुमार यादव र भक्तपुर सूर्यविनायक नगरपालिका-६ घलाते बस्ने ३२ वर्षीय रविन सुवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३३ वर्षीय राम बहादुर गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०४५१ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, महालक्ष्मी नगरपालिका-८ चित्रे सिमानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथर जोरपाटी गाउँपालिका-६ कोपी चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङ र तेह्रथुम लालीगुराँस नगरपालिका-२ हुलाक टोल बस्ने ३१ वर्षीय तुलसी पौडेल  रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बजारबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन ४० एम्पुल, डाईजेपाम ४१ एम्पुल, फेनारगन ४ एम्पुल र नगद ४ हजार ५ सय २५ रूपैयाँ सहित धादिङ ज्वालामूखी गाउँपालिका-५ बस्ने २७ वर्षीय सागर अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

काठमाडौं महानगरपालिका-२६ ठमेल क्वावहाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५० ट्याब्लेट सहित काठमाडौं नयाँबजार धारागल्ली बस्ने नवलपरासी पूर्व घर भएका २८ वर्षीय सचिन केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००८ प २२५३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१७ कोनियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७६ किलो गाँजा सहित रामेछाप खाडा देबी गाउँपालिका-१ बस्ने २८ वर्षीय सुबराज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.२१ च ७८५५ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुबराजलाई पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सराफत अलिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाईजेपाम ३ सय १९ एम्पुल र फेनारगन ३ सय ५२ एम्पुल सहित अन्नपूर्ण गाउँपालिका-३ काडेँ बस्ने ४१ वर्षीय बिरेन्द्र तुलाचनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग. २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाँउ बस्ने २२ वर्षीय बादल बादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, गौशाला नगरपालिका-८ खाल्टे बजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोनमा गाउँपालिका-३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको वीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२९

काठमाडौं महानगरपालिका-१५ चमतीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ वनस्थली बस्ने ३३ वर्षीय मान बहादुर शाही ठकुरी र भारत केरला घर भएका ३८ वर्षीय सोन साईमन ग्रेसेस रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.प्र ०१-००२ ज ८५७२ नम्बरको ट्याक्सीलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक मान बहादुर र ट्याक्सीमा सवार सोन साईमनलाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ न्यूरोडस्थित छेम्पा खाजा घर संचालन गरी बस्ने सोही महानगरपालिका-४ लन्कु घर भएका ३७ वर्षीय प्रेम लामालाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।