प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

संखुवासभा, मकालु गाउँपालिका-५ खोत्ताकबाट भरूवा बन्दुक १ थान तथा बन्दुकमा प्रयोग हुने विभिन्न सरसामान सहित सोही ठाउँ डेरा गरी बस्ने मकालु गाउँपालिका-५ नुम घर भएका ३० वर्षीय हेमराज बिकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी नुम र इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरीले उनी बस्ने घर तलासी गर्दा भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने नाल २ थान, बट १ थान, सोडा जस्तो देखिने पदार्थ २ किलोग्राम, केप २४ पिस, फलामको टुक्रा १ थान, सिसाको छर्रा २५ पिस, बारूद करिब १ सय ग्राम लगायतका सरसामान फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।