धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०९-२८
- A
- A-
- A+
स्याङ्जा, धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जितेन्द्रले वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने सोही नगरपालिका-१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका साईमन गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो भने साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।