प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

कैलाली, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-११ बस्ने ४८ वर्षीय देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कैलालीको २०६७ मंसिर २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट भागि फरार रहेका उनलाई कञ्चनपुर भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।