प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

२०८१-११-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उज्वेकिस्तानका नागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीया FAYZIEVA SAODAT र ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन् । 

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका AKHMEDOVA को साथबाट १ हजार २ सय ५ ग्राम र MARIFALIEVA को साथबाट १ हजार २ सय १० ग्राम र FAYZIEVA को साथबाट १ हजार ३ सय ३० ग्राम उक्त धातु फेला पारी सोधपुछको क्रममा उक्त धातु TURSUNOV ले प्रलोभनमा पारी बोक्न लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले चारै जनालाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ । 


सम्बन्धित समाचार