प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८१-११-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार