प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित पक्राउ

२०७८-०९-३०

  • A
  • A-
  • A+
Share

मोरङ, मिक्लाजुङ गाउँपालिका-५ बस्ने ६० वर्षीय ईन्द्र बहादुर राईलाई ३ थान भरुवा बन्दुक, २ डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, १ थान खुकुरी र १ थान गुलेली सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लेटाङ नगरपालिका-९ बशन्त हरियाली सामुदायिक वनमा उनी समेत ४ जना व्यक्तिहरूले उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

हाल फरार रहेका नाम, थर, वतन नखुलेका अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।