अवैध लागूऔषध सहित पक्राउ
२०७८-१०-०१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२५ बाङगेमुढा बस्ने ३३ वर्षीय सुनिल श्रेष्ठलाई प्रतिबन्धित लागूऔषध ९ सय ४० एम्पुल डाइजेपाम, १ हजार ३ सय २० एम्पुल फेनारगन, ९ सय ५० एम्पुल नूर्फिन र नगद ४ लाख ४१ हजार १ सय ५० रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिलले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घरको कोठामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ बस्ने ५८ वर्षीया प्रिती तामाङ र सोही ठाउँ बस्ने ५२ वर्षीय खड्ग बहादुर तामाङलाई ५२ किलो ९ सय ७६ ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-५ भेलुखेल बस्ने ३७ वर्षीय लक्ष्मी नारायण देउलालाई सोही नगरपालिका-७ खसिबजार पुल हाउस नजिकबाट बिहीबार ५६ ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानको क्रममा प्रितीको साथबाट ४८ किलो ४ सय ५० ग्राम र खड्ग बहादुरको साथबाट ४ किलो ५ सय २६ ग्राम अवैध लागूऔषध गाँजा सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा निर्मला खाजा घर संचालन गरी बस्ने काभ्रे रोसी गाउँपालिका-४ घर भएकी ३६ वर्षीया निर्मला श्रेष्ठलाई करिब १ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनको खाजा घरमा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका-७ गल्छी बजारबाट करिब ७ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-५ छहरा बस्ने २० वर्षीया सिता रोकालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-९ नितनपुरबाट करिब १३ किलो अवैध लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ । मोटरसाइकलमा गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीलाई देख्नासाथ झोला र ना.५६ प ७४५६ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात झोला जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।