प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अमेरिकी डलर र युरो सहित एक जना पक्राउ

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-२ झोरबाट अमेरिकी डलर र युरो गरी नेपाली रूपैयाँमा हुन आउने जम्मा रकम २५ करोड १९ लाख २४ हजार ९ सय ५० रूपैयाँ सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न व्यक्तिहरूले ठुलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरू राजश्व छली गरी अवैध रूपमा ओसार पसार तथा कारोवार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त स्थानमा ना.७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिई तलासी गर्दा ट्रकको ड्राईभर बस्ने क्याविनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरिकी डलर १ सय दरका ३ हजार १ सय १९ थान र ५० दरका १ सय ७९ थान तथा युरो ५ सय दरका ११ थान, २ सय दरका ४ सय ८० थान, १ सय दरका ४ हजार १ सय ४८ थान र ५० दरका १७ हजार १ सय ७७ थान फेला पारी चालक लामालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामा २०७३ पुस १३ गते ७ केजी सुन सहित पक्राउ परी राजश्व छली सुन चोरी पैठारी मुद्दामा ५ वर्ष कैद भुक्तान गरेको खुल्न आएको छ ।   

उनलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

सम्बन्धित समाचार
क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-११-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।