पेस्तोल सहित पक्राउ
२०७८-१०-०२
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकज कुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।