प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२३ झोछेँ बस्ने ६१ वर्षीय सुनिलकर शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनिलकर समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ७ सय ५ रूपैयाँ सहित पक्राउ गरेको हो ।  

सुनसरी, दुहबी नगरपालिका-२ तुथाहा बस्ने बिरेन्द्र खाँ को घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल चौधरी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार