अवैध औषधि सहित २ जना पक्राउ
२०७८-१०-०२
- A
- A-
- A+
मोरङ, रतुवामाई नगरपालिका-९ भौडाबाट २ हजार ट्याब्लेट अवैध औषध ट्रामाडोल हाईड्रोक्लोराइड क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनवर्शी नगरपालिका-६ बस्ने ३२ वर्षीय श्रवणकुमार ताजपुरीया र सुनवर्शी नगरपालिका-७ बस्ने ३० वर्षीय कार्तिक चन्द दास रहेका छन् ।
प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसान्धानको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइने ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।