प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-८ शिवालय चोकस्थित लब्सन म्याग्दी बाग्लुङ खाजा घर एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका संचालिका सोही ठाउँ बस्ने बाग्लुङ घर भएकी ४७ वर्षीया जुना घर्ती मगर समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार १ सय ९४ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार