प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-१२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्‍वरबाट पक्राउ गरेको   हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।



सम्बन्धित समाचार