प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-५ शान्तिनगरस्थित खाली घरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने २८ वर्षीया दिपिका पुन मगर र बाँके कोहलपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अनुस परियार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सागर विक, २० वर्षीय रंजित बस्नेत र २० वर्षीय कृष्ण चदारा रहेका छन् । अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा कृष्ण चदाराको घरमा समेत लागूऔषध रहेको भन्ने खुल्न आएपश्चात कृष्णको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । 

लमजुङ, बेसीशहर नगरपालिका-८ सेराकोबाट नियन्त्रित लागूऔषध फेनारागन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र ट्रामाडोल ६ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्स्याङदी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक गुरूङ र १९ वर्षीय बिजय रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भँगाहा नगरपालिका-७ बस्ने ३० वर्षीय पप्पु कुमार गिरी र १९ वर्षीय सुजित गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.८प ३४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पासाङ शेर्पा र २५ वर्षीय रबिन्द्र लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२ ०४७ प ७००५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । 

सुनसरी, हरिनगर गाउँपालिका-४ स्थित बजारबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी बस्ने सप्तरी घर भएका २४ वर्षीय राजेश मुखियालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१२-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो २ सय २० ग्राम सहित भारतीय नागरिक ३८ वर्षीय YASIN SUBHAN QURESHI लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।काठमाडौं महानगरपालिका-३२ नरेफाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम सहित धनुषा विदेह नगरपालिका-२ घर भएका २८ वर्षीय सन्तोष झा लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम र नगद २७ हजार १ सय रूपैयाँ सहित भारत सिट्टी बर्दाह-१३ बस्ने ३५ वर्षीया सल्मा खातुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नुवाकोट, बिदुर नगरपालिका-१ त्रिशुलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १ हजार ६ सय ३२ ट्याब्लेट, नाईट्राभेट १ सय ३५ ट्याब्लेट र नगद ३९ हजार ६ सय रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने १९ वर्षीय राजु तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका-१ त्रिशुली बस्ने २८ वर्षीय प्रबेश तामाङको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार प्रबेशको खोजी गरिरहेको छ । कास्की, पोखरा महानगरपालिका-२७ सैनिकबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७ सय २१ एम्पुल, नोर्फिन ३ सय ७७ एम्पुल, फेनारगन ३ सय ३४ एम्पुल र नगद ९३ हजार ५ सय रूपैयाँ सहित सोही ठाउ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-१५ अक्कलघरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त लागूऔषध खरिद गर्न आएका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ भावर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१८ गाउँबेसी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष घर्ती मगर समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-१२-०५

काठमाडौं, नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा होटलबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु ७३ किलोग्राम र गाँजा जस्तो देखिने वस्तु २ किलो ५ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटलका संचालक काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर घर भएका २७ वर्षीय देवराज घिसिङ र मकवानपुर कैलाश गाउँपालिका-२ घर भएका ४३ वर्षीय अष्तमराज घिसिङ रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१४ ढोरपुर बस्ने ४२ वर्षीय हरिराम चमारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी हवल्दारपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले चमारलाई उनकै घर नजिकैबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-१२-०४

चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन १४ एम्पुल र डाईजेपाम १४ एम्पुल सहित सोही महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३१ वर्षीय एलिस श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-६ बस्ने ३१ वर्षीय श्रवण यादव समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ५० ग्राम ४ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले श्रवणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय सुभम साह समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ लल्का पुल नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ७ सय ग्राम सहित मकवानपुर घर भएका १९ वर्षीय विनोद मुक्तान समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ३१५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित नुवाकोट सूर्यगढी गाउँपालिका-४ बस्ने ३१ वर्षीय अबिरल परियार समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०१-००१ च ०४४१ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडक घाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पचुइ बस्ने २९ वर्षीय ग्रिस सिंह ऐरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-१२-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो १ सय ६० ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४२ वर्षीय ABDUL KHALIK ABDUL HANNAN SIDDIQUI र  ४० वर्षीय RIZWAN MOHD YUSUF रहेका छन् । त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा ABDUL को साथबाट २ किलो १ सय ग्राम र RIZWAN को साथबाट १ किलो ६० ग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम सहित बर्दिया बाँसगढी नगरपालिका-६ बस्ने २८ वर्षीय धन बहादुर कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३५६८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने ४० वर्षीय सुरेश बडायकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ३० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-२ बाणि बस्ने २२ वर्षीय जीत बहादुर कुँवर, डडेलधुरा आलिताल गाउँपालिका-५ भाबर बस्ने २१ वर्षीय बिबेक श्रेष्ठ र २९ वर्षीय दिपेश बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ४९५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई बस्ने ३४ वर्षीय हरि किशन रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ८० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र  प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले हरिको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-४ बस्ने ३२ वर्षीया अनिता बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय त्रिर्जन चौधरी र  घोडाघोडी नगरपालिका-३ घर भएका २२ वर्षीय  सुनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २६ वर्षीय नबिन बुढा समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र बुप्रेनोर्फिन १२ एम्पुल सहित सोही महानगरपालिका-९ नागढुङ्गा बस्ने ३४ वर्षीय महेश उप्रेतीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१२-०२

झापा, दमक नगरपालिका-५ बस्ने २४ वर्षीय मोहन यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-७ दुधे बस्ने ३६ वर्षीय लाख बहादुर योंङहालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ७७२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहवी नगरपालिका-२ बस्ने २१ वर्षीय सुशान्त चौधरी र दुहवी नगरपालिका-१० बस्ने २५ वर्षीय मेराज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने ३४ वर्षीय सुरेन्द्र जिमीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरेको छ । दाङ, लमही नगरपालिका-९ अमिलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ८० मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका-७ बस्ने ४१ वर्षीय सिद्धिमान पौड्याल, बर्दिया राजापुर नगरपालिका-६ बस्ने ३० वर्षीय श्याम चौधरी, बर्दिया गुलरिया नगरपालिका-४ तुलसीपुर बस्ने ४० वर्षीय चुडामणि बिसी र बर्दिया राजापुर नगरपालिका-६ बस्ने २५ वर्षीय गौरव चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बर्दिया शान्तिबजारबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६२ नम्बरको बसलाई तलासी गर्दा डिक्कीबाट उक्त पदार्थ फेला पारी चालक सिद्धिमान र श्याम, बस साहु चुडामणि तथा बसका सहचालक गौरवलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही नगरपालिका-१० जिमुवा बस्ने २८ वर्षीय दिपेन्द्र जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४४ एम्पुल, फेनारगन ४४ एम्पुल र नोर्फिन ४४ एम्पुल सहित दोलखा मेलुङ गाउँपालिका-१ बस्ने २७ वर्षीय केउर उप्रेतीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उप्रेतीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-१२-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्राम सहित रामेछाप घर भएका २२ वर्षीय आयुश भट्टराईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ००१-००६ ख ९९२५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-१० स्थित जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो ३ सय ४० ग्राम सहित रौतहट गौर नगरपालिका-४ टिकुलिया बस्ने २२ वर्षीय साजन पटेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय त्रिर्जन चौधरी र सोही उपमहानगरपालिका-२ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका-३ घर भएका २२ वर्षीय सुनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।