प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८२-०१-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०१-०१-००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका २९ वर्षीय सुरज राईलाई काठमाडौं बालाजु बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-१ छोड्की सुनरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र इन्जेक्सन १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका-२ गोपिगंज डेरा गरी बस्ने ३६ वर्षीय साजन सिंह ठकुरी, वर्दघाट नगरपालिका-७ ज्यामिरेभार बस्ने २६ वर्षीय कपिल गैरे र भारत महाराजगंज अदैना निचलौल थाना बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको युपि ५३ बिवाई ०११५ नम्बरको मोटरसाइकल र बा.६३ प ४३७९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ५५ ट्याब्लेट र स्टागन ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-१ मानिखेल घर भई ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने २४ वर्षीय उमेश संजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले प्रदेश ०३-०२-००४ प ७३५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बेली बस्ने २६ वर्षीय तिर्थराज रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा शहिदभूमी गाउँपालिका-७ बस्ने ३५ वर्षीय बालकृष्ण राई र  सुनसरी धरान उपमहानगपालिका-१० बस्ने ३२ वर्षीय मनोज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया पत्राहा-१५ घुर्ना बजार बस्ने २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले बिआर ३८ एडि ४१३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बस्ने ५० वर्षीय पदम बहादुर कार्कीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ३ सय १५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरीले पदम बहादुरको सोही ठाउँस्थित होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-९ रामपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही नगरपालिका-९ रामपुरबजार बस्ने २४ वर्षीय जनम गहतराजलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.२४ प ३९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ९ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ ब्लक नम्बर १२ बस्ने २८ वर्षीय शाहिल शाह र ब्लक नम्बर ९ बस्ने ३२ वर्षीय सुमित साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१७ शिसुनिकेतन मार्गबाट  नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ बस्ने २१ वर्षीय सबिन बिक र २२  वर्षीय समिर राना रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १  हजार ४ सय ५० ट्याब्लेट र नगद ९ हजार १ सय ४९ रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-१२ जयमंगला बस्ने २२ वर्षीय कबि श्रेष्ठ र २५ वर्षीय सुरज घलान रहेका छन् । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजदेखि नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०५०३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्दा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०९-०२

  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ७७ एम्पुल सहित सोही नगरपालिका-२ कालिकाटोल बस्ने ३५ वर्षीय सलिम मिया कुरेसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५४ प ८२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-७ बस्ने ६८ वर्षीय खडक बहादुर गुरूङलाई अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२६ बिशाल चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुबास विकलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६३ एम्पुल, डाईजेपाम ६३ एम्पुल र फेनारगन ६३ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पाण्डुबजार बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका २८ वर्षीय सन्दीप बुढाथोकी, काठमाडौं जडीबुटी बस्ने सिराहा नगरपालिका-२० घर भएका २३ वर्षीय पंकज कुमार यादव र भक्तपुर सूर्यविनायक नगरपालिका-६ घलाते बस्ने ३२ वर्षीय रविन सुवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३३ वर्षीय राम बहादुर गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०४५१ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, महालक्ष्मी नगरपालिका-८ चित्रे सिमानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथर जोरपाटी गाउँपालिका-६ कोपी चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङ र तेह्रथुम लालीगुराँस नगरपालिका-२ हुलाक टोल बस्ने ३१ वर्षीय तुलसी पौडेल  रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बजारबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन ४० एम्पुल, डाईजेपाम ४१ एम्पुल, फेनारगन ४ एम्पुल र नगद ४ हजार ५ सय २५ रूपैयाँ सहित धादिङ ज्वालामूखी गाउँपालिका-५ बस्ने २७ वर्षीय सागर अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

काठमाडौं महानगरपालिका-२६ ठमेल क्वावहाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५० ट्याब्लेट सहित काठमाडौं नयाँबजार धारागल्ली बस्ने नवलपरासी पूर्व घर भएका २८ वर्षीय सचिन केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००८ प २२५३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१७ कोनियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७६ किलो गाँजा सहित रामेछाप खाडा देबी गाउँपालिका-१ बस्ने २८ वर्षीय सुबराज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.२१ च ७८५५ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुबराजलाई पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सराफत अलिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाईजेपाम ३ सय १९ एम्पुल र फेनारगन ३ सय ५२ एम्पुल सहित अन्नपूर्ण गाउँपालिका-३ काडेँ बस्ने ४१ वर्षीय बिरेन्द्र तुलाचनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग. २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाँउ बस्ने २२ वर्षीय बादल बादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, गौशाला नगरपालिका-८ खाल्टे बजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोनमा गाउँपालिका-३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको वीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२९

काठमाडौं महानगरपालिका-१५ चमतीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ वनस्थली बस्ने ३३ वर्षीय मान बहादुर शाही ठकुरी र भारत केरला घर भएका ३८ वर्षीय सोन साईमन ग्रेसेस रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.प्र ०१-००२ ज ८५७२ नम्बरको ट्याक्सीलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक मान बहादुर र ट्याक्सीमा सवार सोन साईमनलाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ न्यूरोडस्थित छेम्पा खाजा घर संचालन गरी बस्ने सोही महानगरपालिका-४ लन्कु घर भएका ३७ वर्षीय प्रेम लामालाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।