प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०१-३०

  • A
  • A-
  • A+
Share

पाँचथर, ३१ वैशाख, फाल्गुनन्द गाउँपालिका-१ उतेसेनीस्थित जंगलबाट भरूवा बन्दुक १ थान सहित फिदिम नगरपालिका-९ दरेनी बस्ने ३३ वर्षीय मन बहादुर सम्बाहाम्फेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

मन बहादुर र सोही ठाउँ बस्ने सुन्दर सारू मगर उक्त जंगलमा सिकार खेल्न जाने क्रममा बाटोमा मानिस आउँदै गरेको देखी सुन्दरले बन्दुक झाडी भित्र लुकाउने क्रममा बन्दुक पड्किँदा सुन्दर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरीले मन बहादुरलाई उक्त बन्दुक सहित पक्राउ गरी सुन्दरलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।