प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८२-०२-०३

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय मिन बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा मिन बहादुर समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ६ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार