प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०२-१०

  • A
  • A-
  • A+
Share

उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका-४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कैलाली, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका-५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।