जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-१०-०८
- A
- A-
- A+
रुपन्देही,
बाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवाष यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।