वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२१
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-५ बस्ने महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् ।
पक्राउ मध्ये बिर बहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर बहादुरलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र दिनेशलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।