अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०२-२५
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ३ सय ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार फुलमायालाई करिब ५ किलो २ सय ग्राम र निर्मलालाई करिब ५ किलो १ सय ग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीय रामदेव यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।