प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एयर पेस्तोल सहित भारतीय नागरिक पक्राउ

२०८२-०३-०७

  • A
  • A-
  • A+
Share

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र  खुकुरी २ थान सहित  भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ ‍वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लुबि ७० जि ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार