प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८२-०३-०८

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रूपैयाँ, ३ हजार भारतीय रूपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार