प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२-०३-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिल कुमार समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको      हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार