प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-०३-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-१० नवज्योती मार्ग बस्ने लाल बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं गोंगबु बस्ने गोरखा बारपाक घर भएका ३७ वर्षीय शंकर धिताल समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको     हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार