प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

२०८२-०३-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर, ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिई SOCIAL SOFTWARE DEVELOPMENT COMPANY PVT.LTD  दर्ता गरी गैर कानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप संचालन गरिरहेको र सोको शाखाको रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ, ल्यापटप ७ थान र मोबाइल ५४ थान समेत बरामद गरेको छ । 

पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-११-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका-५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१ रानीवनबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-११-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।