प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८२-०३-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१ सेतोढोकाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ४५ वर्षीय चेन्जे शेर्पा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय ६५ रूपैयाँ, ८ बुक तास र ११ थान मोबाइल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार