प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०३-२२

  • A
  • A-
  • A+
Share

भोजपुर, रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी बस्ने आफ्नै ससुरा ६८ वर्षीय बेल बहादुर गिरी समेत ४ जनाको हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका-२ हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

ससुराली घरमा राजेन्द्रले धारिलो हतियार चक्कु प्रहार गर्दा बेल बहादुर, सासु ४५ वर्षीया मन्जु गिरी, राजेन्द्रकी श्रीमती मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले राजेन्द्रलाई नियन्त्रणमा लिएको हो । साथै घटनामा घाइते भएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-११-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका-५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१ रानीवनबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-११-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।