प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

२०८२-०३-२८

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, शितगंगा नगरपालिका-१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई एकनाले भरूवा बन्दुक १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । 

सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट एकनाले कटुवा पेस्तोल २ थान र थ्रिनटथ्री राईफलको गोली २ राउण्ड सहित सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकल तलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।