प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०४-०६

  • A
  • A-
  • A+
Share

लमजुङ, मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेस्थित मनाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४८ वर्षीय सन्तबीर तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार