प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०४-०७

  • A
  • A-
  • A+
Share

ओखलढुंगा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-७ धनेपु बस्ने ५२ वर्षीय तेन्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनकुटा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका-६ डेरा गरी बस्ने  सुनसरी इनरूवा नगरपालिका-७ चाँदवेला घर भएका २६ वर्षीय महमद सुबजानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महमदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी धनकुटा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ चौबाटे बस्ने २८ वर्षीय रोशन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोशनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-१८

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।