बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१०
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१ रानीवन बस्ने सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय रत्न बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवनबाट २०८१ साउन ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं रानीवनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लगि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।