प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न तीन जना पक्राउ

२०८२-०४-१०

  • A
  • A-
  • A+
Share

कास्की, अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-१३ हाटबजार ठेगाना भएका ४५ वर्षीय महुमुद्दिन एम अहमद, कास्की पोखरा महानगरपालिका-६ बैदाम बस्ने झापा दमक नगरपालिका-४ ठेगाना भएका ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर ठेगाना भएका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । 

पोखरा महानगरपालिका-१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी बिनिमय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रूपैयाँ बरामद भएको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा महुमुद्दिनले रूपन्देही तथा कास्की जिल्लामा रेष्टुरेण्ट व्यवसाय संचालन गरी नेपाली रूपैयाँसँग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने, राजकुमारले विगत २० वर्ष देखि सेन्टर प्वाईन्ट लेक साइडमा हिलारी मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने र खेमराजले विगत १४ वर्ष देखि स्ट्रिट नम्बर १४ लेक साइडमा सगरमाथा मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गरेको खुल्न आएको छ ।

उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-११-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका-५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१ रानीवनबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-११-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।