हलुका सवारी चालक तालिम सुरू
२०८२-०४-१५
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २८ औं समूहको हलुका सवारी चालक तालिम सुरू भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यअवधिको उक्त तालिममा ३९ जना प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।