प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०८२-०४-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने श्याम कृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका ४५ वर्षीय इन्द्र श्रेष्ठ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ स्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायत क्षेत्री समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय ३५ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार