अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०४-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही नगरपालिका-११ सतुङ्गल बस्ने पर्सा ठोरी गाउँपालिका-४ निर्मल बस्ती घर भएका ३८ वर्षीय मान बहादुर श्रेष्ठ र सोही नगरपालिका-९ मच्छेगाउँ बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज मोक्तान रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय बिजय लामालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले गुम्बाचोकबाट वनस्पतितर्फ जाँदै गरेको ना.४ प ९५९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका-६ काटाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट, डाइक्लोमाइन २ हजार १ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ५० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बिष्णु प्रसाद बगाले र दमक नगरपालिका-६ थानारोड बस्ने ४० वर्षीय गंगा बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णु प्रसादको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका-६ दार्चुला बस्ने २३ वर्षीय जनक महरालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ रंगशालापथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ प्रगतिनगर बस्ने २२ वर्षीय रिजन खनाल र २२ वर्षीय ईशाक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन १ सय ५५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझी रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय १८ ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका-४ जुडिवेला बस्ने २३ वर्षीय शिवजी धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम सहित बेलका नगरपालिका-३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।