बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-२३
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका-२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८१ पुस १ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुविधानगरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।