प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

२०८२-०४-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम र नगद १२ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ३० वर्षीय शैलेश थापा मगर रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले डिल्ली बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ गणेशस्थान मार्गबाट नियन्त्रित लागूऔषध नोर्फिन १२ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल र नगद ९ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय प्रदिप खड्गीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

  यसैगरी  काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपाबाट नियन्त्रित लागूऔषध नोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल, डाईजेपाम ४० एम्पुल र नगद ९० हजार रूपैयाँ सहित ललितपुर कुपनडोल बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका २५ वर्षीय मनोज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ मिलनचोक बस्ने ३१ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ६८३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ स्थित मेचीवान होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम र नगद १ लाख २२ हजार ९० रूपैयाँ सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय पकंज मैनाली, ३३ वर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० बस्ने ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका-१ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-२२

कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ६० मिलिग्राम सहित कञ्चनपुर लालझाडी गाउँपालिका-५ बस्ने २७ वर्षीय गोविन्द विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-९ प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सायर घिमिरे, २१ वर्षीय सुशिल घिमिरे र २२ वर्षीया पूर्णीमा पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-५ बस्ने मोरङ विराटनगर महानगरपालिका-१ घर भएका १९ वर्षीय निरज मुखियालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र डाईक्लोमाइन २६ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-४ मनकामना चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-१० बस्ने २९ वर्षीय बिरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मनाही टोलबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने २१ वर्षीय रामनाथ यादव र भारत बिहार सुपौल बिरपुर-३ घर भएका १९ वर्षीय भुषण कुमार यादव रहेका छन् । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित तिला गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२१ बस्ने २४ वर्षीय गोलु बढईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले भे.१ ह ९५१० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गोलुलाई पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ भुल्केधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय देव लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-६ खोलेसिमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय सन्जय गैरे र सोही नगरपालिका-२ बस्ने २८ वर्षीय राजन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२० प ३६६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ६ सय ७८ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-२२

मोरङ, रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २१ वर्षीय समेल राई र सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक समेल र ट्रक साहु विक्रमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२२

चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ८ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २७ वर्षीय पन्चे तामाङ र ३० वर्षीय अपिल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित दमक नगरपालिका-१ बस्ने ३० वर्षीय रोशन भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०८-२१

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित नागार्जुन नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ स्थित साबिर गाडी ग्यारेजबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ किलोग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने २९ वर्षीय ईन्द्र लिम्बु, सहिदभूमी गाउँपालिका-४ बस्ने २५ वर्षीय जिपसन लिम्बु र भारत घर भएका २६ वर्षीय साबिर आलम रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त ग्यारेजमा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी ग्यारेज संचालक साबिर समेत तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१ ज २०१८ नम्बरको बोलेरो पिकअप समेत बरामद गरेको छ ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ पिण्डेश्वरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय भलराम श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले को.३५ प १८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-५ हिरालाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलो ५ सय ग्राम सहित रौतहट यमुनामाई गाउँपालिका-४ सरूअठा टोल बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा पछाडिको भागमा २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । रूपन्देही, कोटहीमाई गाउँपालिका-५ मझगवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपलिका-२ मेउडिहवा बस्ने २० वर्षीय सुभान केबट समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-७ उढरा बस्ने २५ वर्षीय तौफिक खाँ लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०८-२०

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो सहित मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय मौसम राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय सुजन दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१ बेलहिया घर भएका २० वर्षीय मुकेस थापा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ स्थित स्वस्तिक होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ किलो ५ सय ग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ छबिसपाथिभेरा गाउँपालिका-७ बस्ने २८ वर्षीय बम बहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली नगरपालिका-२ बस्ने ५० वर्षीय रूपसिंह सितोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ श्रीजना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सनत बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ९ सय ७० मिलिग्राम सहित गुलरीया नगरपालिका-११ लालपुर बस्ने २६ वर्षीय प्रबेश चमार समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ०७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय मोहमद अकबरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-६ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्रदेश २-०१-००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय २० मिलिग्राम सहित जलेश्वर नगरपालिका-६ बस्ने २६ वर्षीय बिक्कि कुमार मिश्र समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ३१५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रामपुर नगरपालिका-८ बस्ने २२ वर्षीय मनिष ठकुरी र कास्की रूपा गाउँपालिका-५ बस्ने २५ वर्षीय रन्जित नेपाली रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०१९१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३१ बेगनास नहरचोक बस्ने ३० वर्षीय मिलन क्षेत्री, सोही महानगरपालिका-३० शिसुवा बस्ने सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका २३ वर्षीय हसन भण्डारी, सोही महानगरपालिका-२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियार र सोही महानगरपालिका-२७ शिसुवा बस्ने मादी गाउँपालिका-३ घर भएका ३७ वर्षीय उदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्वत, जलजला गाउँपालिका-३ पानीट्याङकीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ७ सय ५० ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय ६० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपुर्ण गाउँपालिका-८ बस्ने ४२ वर्षीय देव बहादुर पुर्जा र ४२ वर्षीय युवराज गर्बजा रहेका छन् । प्रहरी चौकी वारिवेनीबाट खटिएको प्रहरीले म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग.३ च ५१४९ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक देव बहादुर र सहचालक युवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०८-१९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित नुवाकोट तारकेश्वर गाउँपालिका-४ बस्ने ३५ वर्षीय सन्तोष वस्तीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ५५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।सर्लाही, लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा ५२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.१२ च ४७१० नम्बरको पिकअप गाडीलाई जाँच गर्दा चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक गंगा बहादुरलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।