वैदैशिक रोजगारी ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-३०
- A
- A-
- A+
काठमाडौं, वैदैशिक रोजगारी ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने स्याङ्जा गल्याङ नगरपालिका-११ घर भएका ४२ वर्षीय प्रकाश भट्टराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।