अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८२-०४-३०
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ शान्तिटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय इश्वर अर्याल र सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ३५ वर्षीय नबिन बर्तौला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले इश्वरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।