प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ

२०८२-०४-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने २४ वर्षीय अनिल तामाङ र २६ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.५० प ७१४४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडा उपकार टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने बारा घर भएका २४ वर्षीय अर्जुन रावत र ओखलढुंगा घर भएका २५ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । प्रहरी बिट जम्बुडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने ओखलढुङ्गा घर भएका २१ वर्षीय अनिश खत्री समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट ताहाचलबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५३ प ८३५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-९ मसुरिया बस्ने २६ वर्षीय बिनोद विक र भारत उत्तर प्रदेश कानपुग्राम रामपुर मजरा बैरिसाल रसुलाबाद बस्ने ३१ वर्षीय रमेश कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएफ ४६९५ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-२ बस्ने २६ वर्षीय भुवन बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रसुल अहमद कबाडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ३ मिलिग्राम, आइप्याड १ थान, क्यामेरा १ थान र मोबाइल २ थान सहित कालिकोट खाँडाचक्र नगरपालिका-५ बस्ने २६ वर्षीय नविन शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम २ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ फुल्टेक्रा बस्ने २५ वर्षीय फैजान अन्सारी समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, अर्जुनधारा नगरपालिका-८ बस्ने ३२ वर्षीय घनश्याम साहुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ३३ हजार ४ सय ५० रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित इलाम घर भएका २८ वर्षीय अविशेक राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-१० धुलाबारी बस्ने २८ वर्षीय सुरेश गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ सिटीसफारिमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ सिटीसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम सहित धादिङ गल्छी गाउँपालिका-८ गैरीगाउँ बस्ने ३१ वर्षीय राम बहादुर तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मनहरीबाट बारातर्फ जाँदै गरेको बा.२१ च ३०८५ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको पछाडी ढाला भित्र बोराले छोपी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो । 

सिराहा, नवराजपुर गाउँपालिका-५ कुसण्डीबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित भगवानपुर गाउँपालिका-२ गमरियाटोल बस्ने ५० वर्षीय शिवनाथ यादवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२४

मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० ग्राम ३ सय २० मिलिग्राम र नगद ३५ हजार ८ सय ३५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त गेष्ट हाउसका संचालक घोराही उपमहानगरपालिका-१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ राना टोल बस्ने २३ वर्षीय अमन राना समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.१-०१३ प १८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ बाणी बस्ने २५ वर्षीय कुबेर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ६ सय ७० ग्राम सहित श्रीलंकन नागरिक २२ वर्षीय DILAN ANANDARAJAN लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको उडानद्वारा काठमाडौंबाट शारजाहा दुबई प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   बर्दिया, बारबर्दिया नगरपालिका-३ पदनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-३ झुन्डिपुर बस्ने ३४ वर्षीय प्रदिप कुमार थारू र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय निशान्त थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय राम मिलन चौधरी, गेरूवा गाउँपालिका-६ बस्ने २३ वर्षीय असोक श्रेष्ठ र २९ वर्षीय समिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँ कार्गिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मिश्रा र २३ वर्षीय सिमान्त गैरे रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ५८९० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-२०

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाडौं नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् । प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित दुई जना पक्राउ
२०८२-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।